aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बीमा कम्पनीको संस्थागत सुशासन निर्देशिक संशोधन, सञ्चालकको कार्यकालमा कडाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० चैत्र २०७८
बीमा कम्पनीको संस्थागत सुशासन निर्देशिक संशोधन, सञ्चालकको कार्यकालमा कडाइ

काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिक संशोधन परिमार्जन गरेको छ । अब बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने व्यवस्था गरेको छ । 

संशोधित व्यवस्थाअनुसार कम्पनीका संचालक तथा अध्यक्षको कार्यकाल दुई मात्र रहेको छ । नयाँ निर्देशिकामा सञ्चालकहरुको कार्यकाल बढिमा चार वर्षको हुने छ । त्यसमा थप एक कार्यकालका लागि मात्रै चयन वा मनोनित गरेर उक्त पदमा बस्न पाइने  छ । तर स्वतन्त्र सञ्चालकले भने एक कार्यकाल मात्रै काम गर्न पाउने छन् ।

साथै, निर्देशिका प्रारम्भ हुनुअघि संचालक पदमा नियुक्त वा मनोनित भई दुई वा सोभन्दा बढी कार्यकाल संचालक भइसकेका व्यक्तिको हकमा निज पुनः संचालक नियुक्त वा मनोनित हुन नसक्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस