aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बलेफी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ चैत्र २०७८
बलेफी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने चैत २१ गते सोमबार (आज) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १६ गतेदेखि निष्कासनमा ल्याएको प्रतिशेयर  १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओमा सर्वसाधारणले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । 
आईपीओ खरिदका लागि आइतबारसम्म मागभन्दा  १२ दशमलव ७६ गुणा बढी आवेदन परेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी दिएको छ । उक्त दिनको बेलुका ५ः३० बजेसम्म १८ लाख ७० हजार ७०९ जनाले २ करोड १२ लाख २६ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् ।

कम्पनीले कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनद्वारा सर्वसाधारणका लागि निष्कासन गरिने छ ।  

आईपीओ खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
 
विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षामतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । 

यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियमा १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ देखि फागुन २६ गतेसम्म विक्री खुला गरी बाँडफाड गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस