aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ चैत्र २०७८
शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गते देखि ३० प्रतिशत अर्थात १ः०.३ अनुपातमा एक सय रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । 

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले  इक्राएनपी आइआर ए  रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको देखाउँछ ।  

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयर मार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । सिडिएस क्लियरिङका अनुसार  आइतवार बिहान साढे १० बजे सम्म २५ हजार ६२५ जना आवेदकले १७ लाख ४२ हजार ४१४ कित्ताका लागि आवेदन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस