aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अन्तिम दिनसम्म बलेफी हाइड्रोपावरको आईपीओमा मागभन्दा १५.७४ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
अन्तिम दिनसम्म बलेफी हाइड्रोपावरको आईपीओमा मागभन्दा १५.७४ गुणा बढी आवेदन

काठमाडौं । चैत १६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा १५ दशमलव ७४ गुणा बढी आवेदन परेको छ । 

सिडिएस एण्ड क्लियरिङले दिएकोजानकारी अनुसार सोमवार साँझ ५ बजोर ९ मिनेटसम्म २२ लाख ६४ हजार ३७८जनाले २ अर्ब ६१ करोड ७१ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ६१ लख ७१ हजार ३९० कित्ताको लागि आवेदन दिएका हुन् । कम्पनीले सर्वसाधारणका लागि प्रति शेयर रू. १०० अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री खुला गरेको हो । 

सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थायिनमा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्रीखुला गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १८ लाख २७ हजार ९७० कित्ता शेयर माघ २७ गतेदेखि फागुन २६ गतेसम्म विक्री खुला गरी चैत ६ गते बाँडफाँट गरेको हो । 

कम्पनीको संस्थापकहरुबाट चुक्ताभएको पूँजी ८० प्रतिशत पूँजी रू. १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रहेको छ । कम्पनीले स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणमा १० प्रतिशत आईपीओ विक्री पछि यो पूँजी रू. १ अर्ब ८२ करोड ७९ लाख ७० हजार कायम हुनेछ । कम्पनीको आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ६४ रहेको छ ।

यस अवधिसम्म कम्पनी रू. ९ करोड ३० लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा दोस्रो बजारमा पहिलो कारोबारको मूल्य तोकिने हुँदा नेप्सेले प्रतिकित्ता रू. ९३ दशमलव ६४ देखि रू. २८० दशमलव ९२ सम्मको मूल्य रेञ्ज तोक्ने देखिन्छ । 


 

प्रतिक्रिया दिनुहोस