aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शिखर इन्स्योरेन्सको हकप्रद करिब ३५ प्रतिशत मात्र बिक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
शिखर इन्स्योरेन्सको हकप्रद करिब ३५ प्रतिशत मात्र बिक्यो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर करीब ३५ प्रतिशत मात्र विकेको छ । कम्पनीले चैत १ गतेदेखि २१ गतेसम्म १ः०.३ अनुपातमा रू. एक सय अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । अन्तिम दिन चैत २१ गतेसम्म २६ हजार ६१२ जना सदस्यहरुबाट १८ लाख ३६ हजार ८३४ कित्ता हकप्रद खरिद माग भएको जानकारी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको छ । 

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २० गते सम्म कायम शेयरधनीले कम्पनीको हकप्रद शेयर भर्न पाउने व्यवस्था थियो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ । 

कम्पनीले सार्वजनिक निष्कासनमा विक्री हुन नसकेको शेयर लिलामी प्रकृयाबाट विक्री गर्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले पनि बीमा समितिको निर्देशन बमोजिम आगामी एक वर्षभित्र रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्नेछ ।


 

प्रतिक्रिया दिनुहोस