
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित कुल ७ दशमलव ३७ प्रतिशत लाभांश सुरक्षित गर्ने चैत २३ गते बुधवार अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १० करोड ८५ लाखको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले वैशाख ११ गते वीरगञ्जमा २०औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि चैत २४ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । यस आधारमा कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन चैत २३ गते बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस