
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नया वर्षका लागि आकर्षक ग्राहक योजना सर्वजनिक गरेको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘सुजुकी “Happy New Car" सार्वजनिक गरेको हो ।
यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट,एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस,१ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्,ब्रेज्जा,एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्,इको,इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढीगाडीका मोडेलहरु विक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस