काठमाडौं । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ।
कम्पनीले १ वर्षसम्मको इन्स्योरेन्स र सडक करछुट दिने जनाएको छ। समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको दावी रहेको छ । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध रहेको छ। यसका लागि स्पटएक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ। सो अफर आजदेखि शुरु एको र आगामी अप्रिल ३० अर्थात बैशाख १७सम्म लागू हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस