
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) बन्नका लागि टेलिकमको प्रबन्ध निर्देशक बन्न आधा दर्जन व्यक्तिहरु शक्ति केन्द्र धाइरहेका छन् । एनटीसीमा एमडी बन्नका लागि सुनिल पौडेल, बुद्धिप्रसाद आचार्य, अर्जुनबाबु ढकाल, अमलेन्दु नारायण सिंह, दीपक बहादुर शाही, नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय, संगीता पहाडी अर्याल र सुरजसिंह थापाले आवेदन दिएका छन् ।
यता टेलिकम कर्मचारी युनियनले संचार मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै दूरसंचार क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिलाई नियुक्ति गर्न दवाव दिइरहेका छन । टेलिकममा क्रियाशील तीन कर्मचारीका ट्रेड युनियनहरुले प्रबन्ध निर्देशक नियुक्त गर्दा मापदण्ड नै परिवर्तन गरेर टेलिकम बाहिरका व्यक्ति ल्याउने प्रपञ्च भइरहेको भन्दै टेलिकममा ताला बन्दी नै गर्ने धम्की दिएका छन् ।
टेलिकम स्रोतका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई नियुक्त गर्न कै लागि मापदण्ड फेरिए बताएको छ । उनलाई नै मध्यनजर गर्दै १५ वर्षको प्रावधानलाई घटाएर १२ वर्ष कायम गरिएको छ । अघिल्लोपटक टेलिकमको प्रबन्ध निर्देशकका लागि उमेर ४० पूरा भएर ५८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान थियो । अहिले ३५ वर्ष पूरा भएर ५६ वर्ष ननाघेको हुनुपर्ने बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस