aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईएमई लाइफ इन्स्योरेन्सको साधारण सभा बैशाख १४ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ चैत्र २०७८
आईएमई लाइफ इन्स्योरेन्सको साधारण सभा बैशाख १४ गते

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख १४ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २१ गतेको सञ्चालक समितिको बैठकले बेगनास हल, ¥याडिसन होटल, लाजिम्पाट, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सर्वसाधारणमा रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको तयारीमा रहेको कम्पनीले मर्जर तथा प्राप्ती प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै अन्य कुनै जीवन बीमा कम्पनीसँगै मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । साथै सभामा सञ्चालक समितिको निर्वाचन र सञ्चालक समितिको बैठक भत्ता तथा सुविधाका सम्बन्धमा पनि छलफल गर्ने कार्यक्रम तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस