aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ चैत्र २०७८
छ्याङ्दी हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चैत १ गतेदेखि ९ गतेसम्म विक्री गरेको अवितरित ५९ हजार ८२७ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १७ गते फेसबुक लाइभमार्फत खोली चैत २२ गते सञ्चालक समितिले बाँडफाँट गरेको हो । 

कम्पनीले माघ ११ गतेदेखिन फागुन २ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो । यो शेयर बाँडफाँटमा नपरेको रकम चैत २४ गते बुधवारदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पुरा गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात यो पूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार ५०० पुगेको छ । कम्पनीको अधिकृत पूँजी रू. ५० करोड र जारी पूाजी रू. ३८ करोड ६९ लाख ७७ हजार छ । ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम भएको छ ।

यस कम्पनीमा संस्थापक तर्फ हाल ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय गत असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । थप ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ ।

कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाँढी पहिलो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दिर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस