काठमाडौं । चौधरी समूहको नवलपरासीमा गत जेठ १९ गते भएको आगलागीका हालसम्म पनि दावी गरेको छैन । २०७७ जेठ १९ गते चौधरी समूहको पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा रहेको बियर र चाउचाउ राख्ने कार्टुनको गोदाममा आगलागी भएको थियो ।
आगलागीको त्यो घटना सबैको चासोको विषय यसकारण पनि बनिरहेको छ कि एक वर्ष पुग्न लाग्दा समेत त्यहाँ भएको क्षतिपूर्तिको विवरण बीमा कम्पनीहरुमा पुगेको छैन । सो उद्योगको बीमाकर्ता कम्पनी शिखर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनी हो ।
दुबै कम्पनीहरुमा आजसम्म पनि उक्त आगलागीबाट भएको क्षतिको सर्भियर रिपोर्ट समेत पेश गरेको छैन । बीमा कम्पनीले बीमा गरिएको स्थानमा क्षति भएमा १५ दिनभित्र त्यहा भएको क्षतिको विवरण पेश गर्न पर्ने भनेको छ । तर, एक वर्षसम्म पनि उक्त आगलागीको विवरण बीमा कम्पनीमा पेश नहुनमा यसमा के रहस्य छ भन्ने प्रश्न भने उब्जेको छ ।
चौधरी समूहरले नै यसअघि २०६९ सालमा यही समूहको सतुङ्गल स्थित इलेक्ट्रोनिक्स उपकरणको गोदाममा भएको आगलागीको बीमा दाबी र भुक्तानीको विषय सर्वोच्च अदालतसम्म पुग्यो । त्यसैले पनि कति रकम बीमा दाबी भयो भन्ने जिज्ञासा स्वाभाविक रूपमा सबैलाई हुने नै भो ।
अझ सतुङ्गल घटनाको रोचक पक्ष त यो थियो कि बीमा समितिले क्षतिभन्दा बढी दाबी भयो भनिरहँदा बीमा कम्पनी चाहिँ क्षति भएको भन्दा धेरै रकम भुक्तानी गर्न पाउँ भन्दै अदालत गएको थियो । र उक्त दावीलाई भुक्तानी समेत गरेका कारण युनाइटेड इन्स्योरेन्स त्यसको घाटा हालसम्म पनि पूर्ति गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस