aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतलाई ३२५ मेगावाट बिजुली बेच्ने अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ चैत्र २०७८
भारतलाई ३२५ मेगावाट बिजुली बेच्ने अनुमति

काठमाडौं । नेपालले भारतलाई ३२५ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले भारतीय बजारमा बेच्न नेपाललाई अनुमति दिएकी हुन । मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी थिइन । 

६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, १४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुली नेपालले भारतमा बेच्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।  साथै निजी क्षेत्रले बनाएका अन्य केहि जलविद्युत कम्पनीको विजुली पनि बेच्न तयारी रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस