
काठमाडौं । नेपाल मोबाईल व्यवसायी महासंघको पहिलो वार्षिक साधारण सभा हुने भएको छ । महासंघको साधारण सभा यहि चैत्र २५ गते शुक्रबार बिहान ९ः०० बजे होटल अलफ्टमा हुने भएको हो ।
नेपाल मोबाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईका अनुसार उक्त साधारण सभा कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिती हुनेछ । कार्यक्रममा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरु डा. सन्तुक रुइत र अनुराधा कोइरालालाई सम्मान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस