aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

तारो ब्राण्डका बाईक तथा स्कुटर नेपाली बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ चैत्र २०७८
तारो ब्राण्डका बाईक तथा स्कुटर नेपाली बजारमा

काठमाडौं । एसजि ग्रुप अन्तर्गत रहेको ओम मोटोकर्प प्रालिले हालसालै इटालियन प्रविधि र डिजाइनमा निर्मित तारो ब्राण्डको दुई पाङ्ग्रे बाईक तथा स्कुटर नेपाली बजारमा भित्राएको छ । कम्पनीले तारो ब्राण्डका Imola 150 Alex र T9150 गरी दुई मोडलमा स्कुटर र GP2 200, GP1 250 SR / GP1 380 गरी तिन मोडलका प्रिमियम बाइकहरु नेपाली बजारमा भित्र्याएको हो । 

नक्सालको नारायण चोकमा आफ्नो कर्पाेरेट शोरुमको विस्तार गर्दै काठमाडौंको भत्केकोपुल र रातोपुलको कोरेडोरमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको निमार्ण अन्तिम चरणमा पुर्याएको छ । यसका साथै टेकु स्थित वाइकर्स मार्टसले पनि कम्पनीको आधिकारीक बिक्रि प्वाइन्ट लिदैं यस व्राण्डको वाइक तथा स्कुटर बिक्रि गर्दै आएको छ । 

उपत्यका वाहिरका मुख्य मुख्य सहरहरु धरान, इटहरी, विर्तामोड, दमक, चितवन, बुटवल, पोखरा, दाङ्ग, नेपालगन्ज र धनगढीमा डिलर विस्तारको योजना अघि सारेको छ । यससंगै हेटौंडामा कम्पनीले डिलर छनौटको प्रक्रिया सकाइ, आवश्यकिय संरचनाको निमार्ण कार्यलाई अघि बढाएको छ । त्यस्तै, सानोपोखरा स्थित ओम अटोमोवाइल्स मार्फत बिक्रि सेवा प्रदान गर्दै आएको छ । 

कम्पनीले आफ्नो Imola 150 को बिक्रि मुल्य ३ लाख ३० हजार GP1 250 SR को ६ लाख ५० हजार  र GP1 380 CC को बिक्रि मुल्य ९ लाख ५० हजार रुपैयाँ कायम गरेको छ ।  

साथै कम्पनीले नयाँ वर्ष २०७९ लाई लक्षित हुने गरी यही चैत्र २४ देखि ३१ बैशाख २०७९ सम्म लागु रहने गरी आफ्नो अफर सार्वजानिक गरेको छ । जसमा तारो ब्राण्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५ हजार रुपैयाँ छुट पाउनेछ । GP2 200 खरिद गर्दा २० हजार छुट, GP1 250 SR मा २५ हजार र GP1 380 खरिद गर्दा ३० हजार छुट पाउने छ । साथै कम्पनीले यस अवधि भर खरिद गर्ने मध्ये २ जना भाग्यशाली ग्राहकहरु लाई लक्की ड्र माफर्त बैंककको प्याकेज अफर गरेको छ ।   

प्रतिक्रिया दिनुहोस