
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले को २४० प्रतिशत हकप्रद भदौ ३ गतेदेखि असोज ६ गतेसम्म निष्कासन गर्न लागेको छ । कम्पनीले १ बराबर २ दशमलव ४ को अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।
हकप्रद प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद विक्रीपछि चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस