
न्यूयोर्क । मेटलाइफले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक प्रयासमा समावेशीकरण (डीइआई) २०३० प्रतिवद्धताहरुको एक विस्तृत योजनाहरुको घोषणा गरेको हो ।
कम्पनीको मिश्रणका माध्यमबाट सेवामा पहुँच नभएका एवं कम प्रतिनिधित्व भएकाहरुको आवश्यकताहरुलाई सम्बोधन गर्न विविधता, समता तथा डिइआइ प्रतिबद्घताहरुको विस्तृत प्याकेजले मेटलाइफको दीगोपनका प्रयासहरुलाई बढावा दिने जनाएको छ । जुन मेटलाइफको व्यापार रणनीतिसँग जोडिनुका साथै संयूक्त राष्ट्र संघको दीगो विकास लक्ष्यहरुमा समेत सूचित गरिएको छ ।
मेटलाइफका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मिसेल खलाफ भन्छन,“मेटलाइफको उद्देश्यले हामीलाई हाम्रा सबै सरोकारवालाहरुका लागि थप समावेशी र समतामूलक संसार निमार्ण गर्न आव्हान गर्दछ । यी प्रतिबद्घताहरुको आकारले हामी हरेक क्षेत्रमा हाम्रो डीइआई प्रतिबद्घताहरुलाई उल्लेखनीय रुपमा अगाडि बढाइरहेका छौं भन्ने देखाउँछ । आफ्नो प्रगतिको लागि स्पष्ट अपेक्षा तथा लक्ष्यहरुको निर्धारणले हामीलाई जवाफदेही बनाउनुका सार्थ हाम्रो गतिलाई कायम राख्न मद्दत गर्दछ ।”
मेटलाइफले सन् २०३० सम्म महिला, अल्पसंख्यक तथा अपाङ्ग व्यक्तिहरुको स्वामित्वमा रहेका फर्महरुलाई अघि बढाउन १ अर्ब अमेरिकी डलरको लगानीको कोषको स्थापना गरिने बताएको छ । यस प्रतिबद्घताका लागि मेटलाइफले सन २०२१ मा करिब १० करोड अमेरिकी डलरको अग्रिम भुक्तान पनि गरिसकेको कम्पनीले जनाएको छ ।
त्यस्तै, विविध आपूर्तिकर्ताहरुसँग गरिने खर्चलाई मेटलाइफको आपूर्तिकर्ता समावेशीकरण तथा विकास कार्यक्रमले हालसम्म प्रतिबद्घ गरेको रकम भन्दा १.६ अर्ब अमेरिकि डलरले बढाइ ५ अर्ब अमेरिकि डलर पु¥याइने छ । मेटलाइफले उक्त खर्चको आर्थिक प्रभावका वारे वार्षिक रुपमा प्रतिवेदन पेश गर्नेछ । मेटलाइफ फाउण्डेसनले सेवामा पहँच नभएका तथा कम प्रतिनिधित्व भएका समुदायहरुलाई १५ करोड अमेरिकि डलर बराबरको कोष स्थापना गरिने जनाएको छ ।
८ लाख कर्मचारी स्वयंसेवक घण्टाका माध्यमबाट डिइआइ तथा सेवामा पहुँच नपुगेका समुदायहरुको उत्थानकालागि ध्यान केन्द्रित गरिन छ । त्यस्तै, सेवामा कम पहुँच भएकाहरुको आवश्यकतालाई सम्बोधन गर्नका लागि यथेष्ट समाधान तथा मार्गदर्शनहरु प्रदान गर्नेछ । उदाहरणकालागि, मेटलाइफले समुदायहरुलाई असमान रुपमा प्रभाव पार्ने वित्तीय चुनौतीहरुको सामना गर्न कम्पनीको नयाँ डिजिटल वित्तीय एप ूग्उधष्कभत्ःू को मार्फत शैक्षिक सामाग्री उपलब्ध गराउन विशेषज्ञहरुसँग साझेदारी निर्माण गरिने छ ।
डिइआइ सम्बन्धित समस्याहरुको बुझाइलाई अगाडि बढाउने अनुसन्धनलाई सहयोग गरिने कम्पनीको भनाइ रहेको छ । उदाहरणका लागि मेटलाइफले रोजगारदाताहरुमाझ उनीहरुको विविध जनशक्ति विकासका लागि सहयोगका गर्ने उद्देश्यका साथ कम्पनीको वार्षिक कर्मचारी लाभ प्रवृति अध्ययन तथा अन्य अनुसन्धानमूलक पहलहरुबाट आएका निचोड तथा तथ्यहरुलाई साझा गर्नेछ ।
संयूक्त राज्य अमेरिका र विश्वव्यापी रुपमा महिला कर्मचारीहरुको प्रत्येक वर्ग तथा जातीय विविधताका क्षेत्रमा शीर्ष श्रेणी हासिल गरि जनशक्तिको विविधतालाई निरन्तर अगाडि बढाइने छ । शीर्ष श्रेणी तथा कार्यकारी नेतृत्व प्रदर्शन बीच सम्बन्धको पारदर्शीतालाई मजबुत बनाइने छ ।
मेटलाइफ विश्वव्यापी विविधता, समता तथा समोवेशीता अधिकृत डा. सिण्डी पेसका अनुसार मेटलाइफका प्रत्येक कर्मचारीहरु कम्पनीको डिइआइ क्ष्उद्देश्यहरु प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । साथै यी प्रतिबद्घताहरुलाई आफ्नो कर्मचारीहरुले हरेक दिन गर्ने काममा सिधै आबद्घ गर्दा कम्पनीले नयाँ विचार र विशेषज्ञतामा पहँुच पु¥याउन सक्ने र मेटलाइफले सेवा प्रदान गर्ने ग्राहकहरु तथा समुदायहरुमा अर्थपूर्ण प्रभाव पार्न सक्ने पनि पेसको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस