
न्यूयोर्क । मेटलाइफले लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक प्रयासहरुको मिश्रणका माध्यमबाट सेवामा पहुँच नभएका एवं कम प्रतिनिधित्व भएकाहरुको आवश्यकताहरुलाई सम्बोधन गर्न विविधता, समता तथा समावेशीकरण २०३० प्रतिवद्धताको एक विस्तृत योजनाहरुको घोषणा गरेको छ ।
विविधता, समता तथा समावेशीकरण प्रतिवद्धताको विस्तृत प्याकेजले मेटलाइफको दीगोपनका प्रयासहरुलाई बढावा दिन्छ, जुन मेटलाइफको व्यापार रणनीतिसँग जोडिनुका साथै संयूक्त राष्ट्र संघको दीगो विकास लक्ष्यहरुमा समेत सूचित गरिएको छ ।
मेटलाइफका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मिसेल खलाफ भन्छन्,‘मेटलाइफको उद्देश्यले हामीलाई हाम्रा सबै सरोकारवालाहरुका लागि थप समावेशी र समतामूलक संसार निमार्ण गर्न आव्हान गर्दछ । यी प्रतिवद्धताको आकारले हामी हरेक क्षेत्रमा हाम्रो विविधता, समता तथा समावेशीकरण प्रतिवद्धताहरुलाई उल्लेखनीय रुपमा अगाडि बढाइरहेका छौं भन्ने देखाउँछ । आफ्नो प्रगतिको लागि स्पष्ट अपेक्षा तथा लक्ष्यहरुको निर्धारणले हामीलाई जवाफदेही बनाउनुका सार्थ हाम्रो गतिलाई कायम राख्न मद्दत गर्दछ ।’
मेटलाइफ विश्वव्यापी विविधता, समता तथा समोवेशीता अधिकृत डा. सिण्डी पेसका अनुसार मेटलाइफका प्रत्येक कर्मचारीहरु कम्पनीको विविधता, समता तथा समावेशीकरण उद्देश्यहरु प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । साथै यी प्रतिबद्घताहरुलाई आफ्नो कर्मचारीहरुले हरेक दिन गर्ने काममा सिधै आबद्घ गर्दा कम्पनीले नयाँ विचार र विशेषज्ञतामा पहुँच पुयाउन सक्ने र मेटलाइफले सेवा प्रदान गर्ने ग्राहकहरु तथा समुदायहरुमा अर्थपूर्ण प्रभाव पार्न सक्ने पनि पेसको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस