
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीको आयोजनामा चैत्र २२, २३ र २४ गते रौतहटको चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा कृषि तथा पशुपन्छि बीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सहभागी बीमा अभिकर्तालाई अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र कृषि विभागमा कार्यरत सुदिप पौडेलले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा २९ जना बीमा अभिकर्तालाईको सहभागिता भएको थियो । कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस