aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्युत नियमन आयोगका सदस्य डंगोलद्वारा सपथ ग्रहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ चैत्र २०७८
विद्युत नियमन आयोगका सदस्य डंगोलद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल सरकारको विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण लिएका छन । नवनियुक्त सदस्य डंगोललाई आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विहिबार  कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गराएका हुन  । 

आयोगका तत्कालिन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजिनामा दिएपछि रिक्त पदमा नेपाल सरकारले २०७८ चैध ६ गते डंगोललाई नियुक्त गरेका हो । ललितपुर निवासी सदस्य डंगोलसँग झण्डै २ दशकदेखि बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

 डंगोलको नियुक्तिसँगै आयोगको काममा महत्वपूर्ण योगदान पुग्ने विश्वास आफूले लिएको विचार आयोगका अध्यक्ष सिंहले व्यक्त गरे । सो अवसरमा आयोगका सदस्य भागीरथी ज्ञवाली, सचिव गोकर्ण देव पन्तलगायतले समेत आफ्नो भनाइ राखेका थिए । 
 

प्रतिक्रिया दिनुहोस