aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल दुरसञ्चार कम्पनीको साधारण सभा  सम्पन्न,४० प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ चैत्र २०७८
नेपाल दुरसञ्चार कम्पनीको साधारण सभा  सम्पन्न,४० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनीको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा बिहिवार त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलामा सम्पन्न भएको हो ।

सभाले ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । २० प्रतिशत बाृनस शेयर र २० प्रतिशत नगद लाभांश(कर समेत) गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ११ गते देखि २३ गते सम्म बुक क्लोज गरेको थियो । सोही कारण चैत १० गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस