aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चलचित्र थ्री इडियट्सका वास्तविक पात्र फुन्सुक वाङ्डुसँग उद्योगी आनन्द महेन्द्रा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
चलचित्र थ्री इडियट्सका वास्तविक पात्र फुन्सुक वाङ्डुसँग उद्योगी आनन्द महेन्द्रा

एजेन्सी । करिब एक दशकअघि आएको बलिउड चलचित्र  थ्री इडियट्सका प्रमुख पात्र जो वास्तव मै वैज्ञानिक हुन । उनको विषयमा आधारित उक्त चलचित्र त्यो  समयको ठूलो हिट थियो । यसले वास्तवमै वास्तविक जीवनका आविष्कारकको कथालाई चित्रण गरेको छ । अर्कोतर्फ भारतका उद्योगपत्रि आनन्द महिन्द्राले सामाजिक सञ्जाल मार्फत उक्त कथाका वास्तविक पात्रलाई सार्वजनिक गरेका छन् ।  

महिन्द्रा समूहलाई नयाँ उचाइमा पु¥याउने उद्योगपति आनन्द महिन्द्रा सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । उनी सामाजिक सञ्जालबाट पनि समाचारको हेडलाइन समेत संकलन गरिरहन्छन् । यस पटकको  पोस्टमा उनले वास्तविक जीवन फुन्सुक वाङ्डु अर्थात् सोनम वाङ्चुक र उनकी श्रीमती गीताञ्जलीसँगको आफ्नो तस्विर शेयर गरे र भेटमा उनले गरेको कुराकानीका केह िअंश समेत सार्वजनिक गरेका छन् ।

आनन्द महिन्द्राले तस्बिरसँगै लेखेका छन्, ’उत्कृष्ट सोनम वाङ्चुक र उनको उस्तै प्रतिभाशालीकी धनी उनकी जीवन साथी गीताञ्जलीलाई भेट्दा कस्तो राम्रो अनुभव भयो ! उनको युनिभर्सिटी प्रोजेक्टका बारेमा दुवैसँग छलफल भएको थियो । थ्री इडियट्स सिनेमाका नायक फुन्सुक वाङ्दु सोनमबाट प्रेरित थिए । तर उक्त पात्रले सोनमलाई न्याय दिएको छ । उहाँ साँच्चै एक आविष्कारक र राष्ट्रको सम्पत्तिका रुपमा परिचित छन ।

आनन्द महिन्द्रा यहाँ पनि साँच्चै सत्य साबित हुन्छ। सोनम वाङचुक सिनेमामा देखाइएका भन्दा अब्कल छन् । केही वर्ष पहिले, उनले आफ्नो नाममा एक कृत्रिम ग्लेशियर बनाए ।  जसले वास्तवमा बरफ जम्मा गर्छ र गर्मीको लागि पानी भण्डार गर्छ । १९८८ मा, केही विद्यार्थीहरूसँग मिलेर उनले  भारतकै लद्दाखको विद्यार्थीहरूको शैक्षिक र सांस्कृतिक आन्दोलन ( एसइसीएमओएल)स्थापना गरे । जसले क्याम्पसमा खाना पकाउन, प्रकाश र ताप उत्पादन गर्न सौर्य ऊर्जा मात्रै प्रयोग गरिनन्छ । 
 

प्रतिक्रिया दिनुहोस