aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल मोबाईल व्यवसायी महासंघको साधारण सभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
नेपाल मोबाईल व्यवसायी महासंघको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल मोबाईल व्यवसायी महासंघको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासंघको उक्त साधारण सभा आज शुक्रबार होटल अलफ्टमा सम्पन्न भएको हो ।    

उक्त साधारण सभा कार्यक्रमको प्रमुख अतिथि सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मोबाइल व्यवसायीहरुलाई परेका समस्याहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘यस व्यवसायको प्रमुख समस्या भनेको मोबाईल सेटको अवैध आयात रहेको छ । यस समस्याको समाधानका लागि सरकार प्रतिवद्ध छ । यससंगै व्यवसायीका समग्र समस्याबारे छलफल गर्नेछौं ।’ 

त्यस्तै, कार्यक्रममा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरु क्याप्टेन विजय लामा, डा. सन्तुक रुइत र अनुराधा कोइरालालाई सम्मान गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता नेपाल मोबाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस