aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सार्वजनिक सवारी साधनको भाडा वृद्धि, ट्याक्सीमा अब भाडा कति लाग्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ चैत्र २०७८
सार्वजनिक सवारी साधनको भाडा वृद्धि, ट्याक्सीमा अब भाडा कति लाग्छ ?

काठमाडौं ।  बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनहरुको भाडा वृद्धि भएको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा समायोजन गरेको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।

वागतमी प्रदेशमा चल्ने ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । अब वेटिंग चार्ज प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

अब उपत्यका सहित वागमति प्रदेशमा सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस