aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रभु इन्स्योरेन्सको साधारण सभा चैत ३० मा, ११.५८ प्रतिशत लाभांश पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ चैत्र २०७८
प्रभु इन्स्योरेन्सको साधारण सभा चैत ३० मा, ११.५८ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा चैत ३० गते बुधवार गर्ने भएको छ । सभा दिनको ११ बजे प्रभु  कप्लेक्स तिन कुनेमा हुने जानकारी दिएको हो । 

सभाले ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत १७ गते देखि ३० गते सम्म बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा चैत १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस