aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

काबेरी एग्रो फार्मले सञ्चालन गर्यो ३५ लाख लगानीको कालिज फार्म

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • सोमबार, २८ चैत्र २०७८
काबेरी एग्रो फार्मले सञ्चालन गर्यो ३५ लाख लगानीको कालिज फार्म

भैरहवा । ओमसतिया गाउँपालिका वडा नं ४ बालापुरमा काबेरी एग्रो फार्मले बहु आयामिक रुपमा कृषि फार्म सञ्चालन गरेको छ । अध्ययनले ईन्जिनियर रहेका कृष्णप्रसाद पण्डितले नेपालमा कृषिको प्रर्वधन गर्न २०७७ सालमा पशुपालन पेशा रोजे ।

वैदेशिक रोजगारीको शिलशिलामा देश विदेश धाएका पण्डित हाल कृषि क्षेत्रको उत्थानका लागि निरन्तर तल्लिन छन् । २०२८ सालमा प्राविधिक शिक्षा हासील गरेका उनले कतार र साउदी अरबमा रहेको सि सि आइ टि , सि टी सि आइजस्ता कम्पनीमा समेत काम गरेका थिए । आकर्षक तलब र राम्रो सेवा सुविधा हुदाहुदै पनि २०६९ सालमा आफनै देशमा केही गर्नु पर्छ भन्ने धारणाले स्वदेश फर्किए ।  

ंप्राय तराई क्ष्ोत्रमा कालीज  (वन कुखुरा) हुर्किदैन भन्ने आम जनमानसको अन्योलता रहेका पाइन्छ । तर पण्डितले भैरहवाको प्रचण्ड गर्मीमा समेत कालीज पालन गरेर उदाहरण्ीय कार्य गरेका छन् । उनको कृषि फार्ममा कालिज, बट्टाई, हाँस, लोकल कुखुरा, अण्डा, चल्ला, बाख्रा, पाउन सकिन्छ । पण्डितले आफ्नो दैनिकी यतिबेला कृर्षी कर्मममा बिताईरहेका छन् । उनको कृषि फार्मले गर्दा नै ६ जनाले रोजगारीको अवसर समेत पाएका छन् ।

उक्त फार्ममा हयाचिङ गरेर चल्ला उत्पादन गरिन्छ । आफ्नै कौशलताले उनले मेसिनको प्रयोग नगरी चल्ला उत्पादन गरिरहेका छन् । काबेरी एग्रो फार्मकमे हासँको मुल्य ४५०, बट्टाइ प्रति गोटा १ सय ५० , खसी प्रति किलो ५ सय ५० को दरले , लोकल कुखुरा ७ सय, कालीज प्रति गोटा २ हजार रहेको छ । नयाँ बर्षको उपलक्ष्यमा कालिज प्रतिगोटा २ हजारमा बिक्री भईरहेको छ । काबेरी फर्मका सञ्चालक पण्डितले आउँदो नयाँ २०७९ का लागि कालिज ३ हजार नभई २ हजार रुपैयाका दरले दिने बताएका छन् ।

फार्म सञ्चालन गर्नका लागि मासिक रुपमा १ लाख ३० हजार रुपैया खर्च गर्ने उनले स्थानीय सरकारबाट केही सहयोग नभएको गुनासो गरेका छन् । उक्त फार्मका पण्डितले दशै, नया वर्षमा विशेष छुट सहित ग्राहकलाई सेवा दिने गरेको बताउँछन् । पन्डितले साथिहरुसँगै संयुक्त लगानीमा उक्त फार्म सन्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस