aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ मंगलवार बाँडफाँट हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ चैत्र २०७८
बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ मंगलवार बाँडफाँट हुने

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ मंगलवार बाँडफाँटहुने भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्साल स्थित कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट गर्ने भएको हो । कम्पनीको आईपीओ प्रि ( अलोटमेण्ट भने शुक्रवार सम्पन्न भइसकेको छ । कम्पनीले चैते १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९७० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।

उक्त आईपीओमाा अन्तिम दिन सम्ममा २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा १५ दशमलव ७६ गुणा आवेदन परेको छ । जसमध्येबाट १ लाख ६६ हजार ३४५ जनाले १० कित्ताका लागि दरले आईपीओ पाउने छन ।
 

प्रतिक्रिया दिनुहोस