
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले चैत २८ गते रू. २९ करोड ५१ लाख ९२ हजार ९०० बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्कासनको अनुमति पाएको हो ।
यो शेयर विक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय सहित सर्वसाधारणमा २८ प्रतिशत शेयर जारी गर्न लागेको हो । हाल संस्थापक तर्फबाट कम्पनीले चुक्ता गरेको ७२ प्रतिशत पँजी रू. ७५ करोड ९० लाख ६७ हजार ५०० रहेको छ ।
प्रतिक्रिया दिनुहोस