aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

इन्धनको खर्च २० प्रतिशत कटौती गर्ने प्रस्ताव मन्त्रीपरिषदमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ चैत्र २०७८
इन्धनको खर्च २० प्रतिशत कटौती गर्ने प्रस्ताव मन्त्रीपरिषदमा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकार र सरकारी निकायमा प्रयोग हुने इन्धनको खर्च कटौती गर्ने प्रस्ताव समेत मन्त्रिपरिषद्मा पुगेको जनाएका छन् । अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग नगर्ने गरी प्रस्ताव तयार भएको उल्लेख गरे । 

उनले भने, ‘अहिले विदेशी मुद्राको सबैभन्दा ठूलो खपत इन्धन आयातमा भइरहेको छ । यसलाई न्युनिरकण गर्न मुख्य सचिवको संयोजकत्वमा एक समिति बनाई विदेशी मुद्रा सञ्चितीका लागि के के काम गर्न सकिन्छ भनेर सुझावका लागि खटाईएको छ । यसबारे छलफल भइरहेको छ ।’ 

महङ्गा एवम् विलासी सवारी साधनको आयात रोक्न पनि प्रस्ताव गरिएको उनको भनाइ छ । उनले सर्वसाधारणलाई पनि इन्धनको प्रयोगमा किफायती गर्न आग्रह गरिएको र त्यसमा प्रोत्साहित गरिने स्पष्ट पारे । मुख्यसचिवको नेतृत्वमा विभिन्न विषयमा अध्ययन भइरहेको जानकारी दिँदै अर्थमन्त्री शर्माले सीमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको तस्करी रोक्न र वैदेशिक लगानी भित्र्याउनका लागि हेजिङलगायत दीर्घकालीन निर्णय पनि गरिने स्पष्ट पारे । अनावश्यक आयात निरुत्साहनका लागि आवश्यकताका आधारमा कदम चालिएको उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस