
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मंगलबार (आज) बाँडफाँट हुँदै छ । कम्पनीको शेयर निकासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट हुने भएको हो ।
कम्पनीले शुक्रबार नै प्रिअलमेन्टको काम सकिसकेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पछिल्लो तथ्यांक अनुसार कम्पनीको शेयरमा २२ लाख ६४ हजार ३७८ आवेदनबाट २ अर्ब ६१ करोड ७१ रुपैयाँ बराबरको २ करोड ६१ लख ७१ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १६ लाख ६३ हजार ४५३ कित्ताको करिब १५.७४ गुणा बढी हो ।
कम्पनीले निष्कासन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट हुनेछ । त्यस अनुसार गोलाप्रथाबाट १ लाख ६६ हजार ३४५ जनाले मात्रै शेयर पाउनेछन् ।
कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस