काठमाण्डौं । टाटा मोटर्सले हरेक बर्ष मनाउँदै आएको कार मेलालाई यस बर्ष परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाममा विहीबारदेखि शुरु भएको छ । उक्त मेला श्रावण १९ गते सम्म विहान ११ बजे देखि बेलुका ७ बजे सम्म टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा आयोजना भइरहेको कम्पनीले जनाएको छ ।
चार दिनसम्म चल्ने उक्त कार्निभल नेपालमै पहिलो पटक सिप्रदी ट्रेडिङ्गले आयोजना गर्न लागेको हो । नेपालका लागि टाटा मोटर्स को एक मात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग हो । यस अघि पनि सिप्रदी ट्रेडिङ्ग प्रा.लिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो जसको छैठँौ संसकरणसम्म आयोजना गरिसकेको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सकार्निभल नेपालमा आयोजना हुने कारहरुको सबैभन्दा ठूलो र भब्य कार्यक्रम भएको कम्पनीको दावी छ । प्रत्येकवर्ष टाटा मोटर्सले आयोजना गर्ने एक्स्पोबाट टाटा मोटर्स ले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया प्राप्त गर्ने गरेको छ ।
बिशेष गरी बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरु ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागी गाडि हेर्न र किन्नका लागि यस्ता कार्यक्रमको बिशेष प्रतिक्षा रहने गरेकोछ । ग्राहकहरु यस अवधिमा कम्पनीले प्रदान गर्ने बिशेष अफरहरुको प्रतिक्षा गरी र विशेष छुटप्रति आकर्षित त्यसको लाभ लिइरहेका छन् ।
यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र , १ लाख सम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, सांगितिक कार्यक्रम , मनोरञ्जन र विभिन्नखानाका परिकारहरु समेत रहेको छ । सो कार्यक्रममा सहभागि भइ ग्राहकहरुले एकै स्थानबाट धेरै लाभ लिन सकिने समेत आयोजक जनाएको छ ।
यो कार्यक्रमले सुस्ताइरहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहकहरुमाझ एउटा छुटै उत्साहा र र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेको नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए । कार्यक्रममा १५०० देखि २००० ग्राहक हरुको सहभागिता रहने र अवलोकन कर्ताको उत्साहाजनक उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ ।
यस टाटा मोटर्स कार्निभलबाट बजारमा रहेको अन्य छुट भन्दा आकर्ष छुट , अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवाउपलब्ध गराई ग्राहकहरुले पूर्णरुपमा सन्तुिष्ट र लाभप्राप्त गर्ने विश्वास लिएको सिप्रदी र्टेडिङ प्रा.लिका सि.इ.ओ राजनबाबु श्रेष्ठ बताएका छन ।
प्रतिक्रिया दिनुहोस