aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अर्को स्मार्ट ईलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ चैत्र २०७८
अर्को स्मार्ट ईलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ?

काठमाडौं । विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले  नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ । सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च विक्री हुने ई–स्कुटर ब्रान्ड नेपालमा सार्वजनिक गरेको हो । नेपालमा सेगवे ई–१२५को विक्री यही चैत १९ देखि वारेन्टी सहित शुरु भईसकेको कम्पनीले जनाएको छ । नेपालमा नाईनबटका लागि आधिकारिक बिक्रेता आईहव प्रा.लिले गर्ने भएको छ । 

ईलेक्ट्रिक स्कुटर ई–१२५संयुतm राज्य अमेरिकाको मोबिलिटी ईनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो । .2020 Red Dot Design Award विजेता यो इलेिक्ट्रक स्कुटर सेगवे नाइनबटद्धारा बनाइएको ई श्रृङखलाअ न्तर्गतको पहिलो स्कुटर हो ।

यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टमस्कुटरकोपूर्ण शरीरमाराखिएको छ ।

प्रति घण्टा ७५ कि.मी. सम्मकुद्ने सेगवे ई–१२५ मा अधिकतम २,४०० वाट  Bosch ईलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ । ड्राइभिङ दायराका लागि ७४ V र २७ AH लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको कम्पनीले दावी गरेको छ । 

 जसमा स्कुटरको लागिडबल ब्याट्री स्पेस पनि छ । स्कुटरसँगै सिङ्गलब्याट्री पनि आउँछ र ग्राहकले चाहेमाअर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन् । नेपालमा यसको इ १२५ को नेपालमा बिक्री मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस