
काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २५ लाख कित्ता आइपीओ निष्कासन गर्नका लागि बोर्डबाट चैत २५ गते अनुमति पाएको हो ।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि उक्त आइपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । पहिलो चरणमा कम्पनीले स्थानिय बासिन्दाका लागि आईपीओ निष्कानस गर्नेछ ।
दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस