
काठमाडौं । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले नेपालमा उपलब्ध वनस्पतिको संरक्षण तथा व्यवस्थापनबाट देशलाई समृद्ध बनाउन सकिने बताए । वनस्पति विभागको ६२ औँ वार्षिकोत्सव तथा २३ औँ वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री यादवले औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण गरेर मनग्य आम्दानी गर्न सकिने बताए ।
नेपालमा पाइने जडीबुटीको माग विदेशमा समेत पर्याप्त मात्रामा रहेको बताउँदै मन्त्री यादवले त्यसको संरक्षण गर्नुपर्ने बताउँदै उनले मुलुकमा पाइने बहुमूल्य वनस्पति संरक्षण गर्न नसक्दा नोक्सान भइरहेकामा चिन्ता व्यक्त गर्दै वन मन्त्रालयले त्यसको व्यवस्थापनको कार्य अगाडि बढाएको बताए । मन्त्री यादवले नेपालमा वनस्पतिको संरक्षण तथा प्रवद्र्धनका लागि विशेष योगदान पु¥याएका प्रा डा कृष्णकुमार श्रेष्ठलाई राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मान गरे ।
प्रतिक्रिया दिनुहोस