aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उपकार लघुवित्तको आईपीओमा आजसम्म आवेदन दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
उपकार लघुवित्तको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । चैत २५ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने समय आज सकिँदैछ । आवेदन दिने म्याद हिँजै सकिने भनिएको भएपनि कम्पनीको आईपीओ विक्रीकै क्रममा चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा परेकाले आवेदन दिने अवधि एक दिन थप गरिएको थियो । थपिएको समयअनुसार आज बैंकिङ समयपछि आईपीओमा आवेदन दिने समय सकिनेछ । 

कम्पनीको आईपीओ खरिदका लागि मंगलबार साझसम्म करिब ११५ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको हो । 

कम्पनीले जारी पूँजी रू. ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू. २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । सार्वजनिक निष्कासनमा आएको बाहेक कम्पनीले शून्य दशमलव ५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ । 


मागभन्दा बढी आवेदन परिसकेको यो आईपीओ चैत २९ गते मंगलवारसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । 
विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस