aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सूर्या लाइफ इन्स्योरेन्सद्वारा १२.७० प्रतिशत बोनस शेयर वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
सूर्या लाइफ इन्स्योरेन्सद्वारा १२.७० प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको १२ दशमलव ७० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले पुस १९ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।  कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्ब २६ करोड २८ लाख ९५ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो । 

बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव पारित भएकाले सम्बन्धीत शेयरधनीहरुले बोनस शेयर वापतको कर तिर्नुपर्नेछैन् । कम्पनीले यो लाभांश प्रयोजनका लागि गत पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामै बोनस शेयर जम्मा गरिदिएको हो । 

यस वर्ष कम्पनीको लाभांश अघिल्ला पाँच आर्थिक वर्षको भन्दा बढी हो । यस अघि आर्थिक वर्ष ०६८/६९ को मुनाफाबाट कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । आर्थिक वर्ष ०७१/७२ देखिको लाभांश इतिहासलाई हेर्ने हो भने कम्पनीले बढीमा १२ दशमलव ६३ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ । 
 

प्रतिक्रिया दिनुहोस