
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको २० दशमलव शून्य ३१ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
कम्पनीको गत पुस २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले बोनससँगै कर प्रयोजनका लागि १ दशमलव शून्य ५४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले चुक्तापूँजी रू. २६ करोड ६५ लाख ९७ हजारको आधारमा लाभांश वितरण गरेको हो । लाभांश प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गरेको कम्पनीले पुस ११ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको हो । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस