aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मर्जर तथा प्राप्तीको प्रस्ताव सहित युनियन लाइफले आव्हान गर्याे साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
मर्जर तथा प्राप्तीको प्रस्ताव सहित युनियन लाइफले आव्हान गर्याे साधारण सभा

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख २३ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २९ गतेको सञ्चालक समितिको बैठकले टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती समेत गर्नेछ । कम्पनीले सामूहिक लगानी कोष सञ्चालन गर्ने तयारी गरेकाले सोका लागि प्रबन्धपत्रमा उदेश्य थप गर्ने विषय पनि सभाका लागि तय भएको छ । 

पूँजीबृद्धिको अभियानमा रहेको यस कम्पनीले अन्य जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने संकेत पनि गरेको छ । आगामी दिनमा मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई पुन ः नियुक्त गर्ने निर्णय गरेकाले सोको अनुमोदन पनि सभाले गर्नेछ । 

साथै संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालकहरु निर्वाचन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि वैशाख १२ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस