
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको कुल १५ दशमलव ७९ प्रतिशत लाभांश आज पारित गर्दैछ । कम्पनीले आज नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा २० औं वार्षिक साधारण सभा गर्न लागेको हो । सभा केहि बेरमा सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्र्रस्तावित १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशलाई पनि वितरणयोग्य बनाउँनेछ । सभाले सञ्चालक समितिमा रित्त स्वतन्त्र विज्ञ सञ्चालक पदमा भएको सञ्चालकको नियुक्तीलाई अनुमोदन समेत गर्नेछ ।
निर्जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने संकेत पनि कम्पनीले गरेको छ । यस विषयमा प्रकृया अघि बढे त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साथै सञ्चालकलाई प्रदान गरिने बैठक भक्ता सम्बन्धी व्यवस्थालाई संशोधन गरी बैठक भत्ता बृद्धि गर्ने सम्बन्धी विषय पनि सभामा छलफल हुनेछ । यो सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस