aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सानिमा लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
सानिमा लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको चैत २९ गतेको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को वितरणयोग्य मुनाफाबाट कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा कम्पनीले ४ दशमलव २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस