aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिद्धार्थ इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५.७८९ प्रतिशत लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
सिद्धार्थ इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५.७८९ प्रतिशत लाभांश पारित

काठमाडौं ।  सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको  । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा सम्पन्न भएको हो ।  

सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ  । 

साथै सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते एक दिन बुक क्लोज थियो  । यस आधारमा चैत १६ गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस