aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

हार्ले–डेभिडसन ११९ वर्ष पहिला साइकलको इन्जिनबाट शुरु भएको थियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ बैशाख २०७९
हार्ले–डेभिडसन ११९ वर्ष पहिला साइकलको इन्जिनबाट शुरु भएको थियो

एजेन्सी ।  हार्ले–डेभिडसन ११९ वर्ष पुरानो हार्ले डेभिडसन कम्पनी एउटा सानो काठको घरबाट सुरु भएको थियो । साइकलमा नै इन्जिन राखेर पहिलो बाइक बनाएको हो । अहिले यो कम्पनी यति ठूलो भइसकेको छ । यसले बजारमा करोडौंको बाइक बिक्री गर्छ । हार्ले–डेभिडसनको ब्लू एडिसन बाइकको मूल्य २४ मिलियन डलर छ । 

हार्ले–डेभिडसनले नयाँ स्पोर्टस्टर लाइनअपमा नयाँ नाइटस्टर नामक नयाँ मोटरसाइकल विश्वव्यापी रूपमा ल्याएको छ । यसको प्रारम्भिक मूल्य १३,४९९ डलर रहेको छ । 

स्पोर्टस्टर एस जस्तै, नाइटस्टरले पनि क्लासिक एलिमेन्टहरू पाउँछ, जसमा काउलले घेरिएको क्लासिक गोल हेडल्याम्प र सिटको तल रहेको बदामको आकारको ११.७–लिटरको इन्धन ट्याङ्की समावेश छ । यस डिजाइनले मोटरसाइकलको सेन्टर ग्रेभिटी कम हुने भएकाले बाइक ह्यान्डलिङमा राम्रो हुन्छ ।

Nightster ३ सवारी मोड (सडक, खेलकुद, वर्षा)मा  आउँछ । यो ABS, ट्र्याक्सन कन्ट्रोल र ड्र्याग–टोर्क स्लिप कन्ट्रोलको साथ पनि आउँछ जसले अकस्मात् डाउनसिफ्टको समयमा पछाडिको पाङ्ग्रा चिप्लिनबाट रोक्छ ।

 एलसीडी डिस्प्ले सहितको ४ इन्चको सेमी–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पनि छ । तर फोनमा कुरा गर्नका लागि कनेक्टेड सुविधा छैन। नाइटस्टर न्यू हार्लीमा ९७५ सीसी युनिटको इन्जिन उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस