aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

वागमतीमा चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि बढ्यो, कहाँसम्मको कति भाडा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ बैशाख २०७९
वागमतीमा चल्ने सार्वजनिक सवारीको भाडा आजदेखि बढ्यो, कहाँसम्मको कति भाडा ?

काठमाडौं ।  बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारी साधनहरुको भाडा आजदेखि वृद्धि भएको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको गत शुक्रबारको निर्णय अनुसार भाडा समायोजन गरेको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिन बैशाख १ गतेदेखि लागू हुने  भएको छ ।

वागतमी प्रदेशमा चल्ने ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । अब वेटिंग चार्ज प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ । अब उपत्यका सहित वागमति प्रदेशमा सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । 

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस