aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिवाईसी नेपाल लघुवित्तको आईपीओ आजदेखि निष्कासन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ बैशाख २०७९
सिवाईसी नेपाल लघुवित्तको आईपीओ आजदेखि निष्कासन

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २ गते शुक्रवार (आज)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्तामध्ये ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनमा ल्याएको हो । कुल कित्तामध्ये कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ । 

यो आईपीओ वैशाख ६ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा वैशाख १६ गतेसम्म विक्रीमा रहने छ ।  तर, पछिल्लो समय आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

आईपीओ निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एपमार्फत समेत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्गस नेपालले केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङले समयमै वित्तीय दायित्व पुरा गर्नसक्ने सम्बन्धमा औसत जोखिम रहेको संकेत गर्दछ । 

हाल कम्पनीको अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १२ करोड १६ लाख ४१ हजार ८४० पुग्नेछ । कम्पनीमा हाल संस्थापक शेयरधनीको ६७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व रहेको छ भने सर्वसाधारणको शेयर बाँडफाँटपश्चात् ३२ दशमलव ५० प्रतिशत स्वामित्व कायम हुनेछ । 

यस कम्पनीको आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक सञ्चित नाफा  ६ करोड ३१ लाख रुपैयाँभन्दा बढी छ । सो अवधिसम्म प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ७४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३४४ रुपैयाँ ३६ पैसा रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ सम्ममा सञ्चित नाफा २५ करोड ४९ लाख रुपैयाँ आर्जन हुने प्रक्षेपण गरेको छ । त्यस्तै सो आवमा प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ ४७५ रुपैयाँ ६८ पैसा पु¥याउने प्रक्षेपण गरेको छ ।  

प्रतिक्रिया दिनुहोस