
काठमाडौं । खाद्यान्नको मुल्य वृद्धिका कारण उपभोक्ता मार्कामा परेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङक हेर्ने हो भने फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुुल्य वृद्धिदर ७.१४ प्रतिशत पुगेको खेखाएको छ । गत वर्षको फागुनको तुलनामा मुल्य वृद्धिदर ४.११ प्रतिशत विन्दुले बढी हो ।
व्यापारीहरुले विभिन्न वहाना बनाएर मुल्य वृद्धि गर्ने गरेको उपभोक्ता समितिहरुले आरोप लगाएका छन् । मुल्य वृद्धिले उपभोक्ताको ढाड सेकिएपनि सरकार मुकदर्शक बनेको छ । यति मात्रै होइन अनुगमन समेत प्रभावकारी बन्न सकेको छैन । तर, वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता हरि पंगेनी भने जथाभावी मुल्य वृद्धि गर्ने व्यापारीहरुलाई कारवाही गरेको दावी गर्छन् ।
उनी भन्छन्, ‘बजारमा मुल्य वृद्धि स्वभाविक र अस्वभाविक दुई तरिकाले हुने गर्छ । अहिले स्वभाविक रुपमा भने कच्चा पदार्थको मुल्य र आयातित सामानहरुको पनि मुल्य बढेको छ । हामीले उत्पादन लागत पनि हेर्छौ । वस्तु उत्पादन र लागतको अवस्था अनुसार नै मुल्य वृद्धि गरेको छ, भने त्यसलाई सहज रुपमा लिनुपर्छ ।’
आपूर्ति व्यवस्थालाई नै असर गर्ने गरी अस्वभाविक रुपमा कसैले मुल्य वृद्धि गर्ने र अनैतिक क्रियाकलाप गर्ने नियतिले काम गर्नेहरुलाई भने त्यसको अनुगमन गरी कारवाही गरिने उनले बताए ।
पंगेनीले भने, ‘यसरी मुल्य वृद्धि गर्नेलाई हामीले अनुगमन गरी कारवाही गर्छौ । बजारमा भएको मुल्य वृद्धि नियन्त्रण गर्ने भूमिकामा विभागले अग्रसरता लिइरहेको छ । अहिले पनि बजार अनुगमनमा हिडिरहेका छौं । आकस्मिक रुपमा तीन वटा टोली पनि जाने गर्छ ।’
अहिले मुलुक आर्थिक संकटमा धकेलिएको अर्थविद्हरुले बताइरहेका छन् । अर्थतन्त्र थप जोखिममा नजाओस् भनेर अत्यावश्यक बाहेकका वस्तुको आयात प्रतितपत्र (एलसी) बन्द गरिएको छ । यससँगै उपभोक्तालाई अब खाद्यान्न पनि अभाव हुने त होइन भन्ने त्रास छ ।
तर बजारमा अहिले खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको अभाव नभएको र पछि पनि नहुने वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता पंगेनी बताउँछन् । उनी भन्छन्, ‘हामीसँग खाद्यान्न मौज्दात पर्याप्त छ । खाद्यान्नमा कुनै समस्या छैन । युक्रेनबाट आउने भएकाले अतिकति सन फ्लावरको तेलमा भने कमि भएको हो । अन्य वस्तुको हकमा भने अप्ठ्यारो स्थिति छैन । उत्पादन पनि भएको छ, आयात रोकिएको पनि छैन । अत्यावश्यक वस्तु पनि बजारमा पर्याप्त मात्रामा छ ।’
उनका अनुसार यदि कोही कसैले बहाना बनाएर आपुर्ति व्यवस्थालाई असहज बनाउने तथा मुल्य वृद्धि गरे भने सघन रुपमा अनुगमन भइरहेको छ । त्यस्तो भेट्टाएमा तत्कालै कारवाही गर्ने गरेका छौं ।
साथै उनले अहिले अत्यावश्यक वस्तुको आयातमा रोक नलगाइएको जानकारी दिए । उनले भने, ‘राष्ट्र बैंकको पोलिसी विलासीका वस्तुहरुमा रोक लगाउने हो । अत्यावश्यक वस्तुको आयातमा रोक लगाएको छैन । अहिले अत्यावश्यक वस्तुहरुमा मुल्य वृद्धि हुने सम्भावना छैन ।’
उनका अनुसार अहिले बजारमा तेल, डण्डी र सिमेन्टमा मुल्य वृद्धि छ । उनी भन्छन्, ‘ अहिले विश्वमा नै वस्तुको मुल्य बढेको छ । यो विश्वव्यापी रुपमा भएको समस्या हो । सबै देशरुमा भएको मुल्य वृद्धि र तेल तथा पेट्रोलियम पदार्थको पनि मुल्य वृद्धि भएकाले पनि बजारमा मुल्य बढेको हो । अन्यको वस्तुको हकमा भने कोरोनाको प्रभाव देखिएको होइन उत्पादन लागत पनि बढेका कारण पनि आयातित वस्तुहरुमा भने केही मुल्य वृद्धि भएको हो ।’
प्रतिक्रिया दिनुहोस