aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विदेश जाने नेपालीको संख्या वृद्धि, एक महिनामा ३६ हजारले लिए श्रम स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ बैशाख २०७९
विदेश जाने नेपालीको संख्या वृद्धि, एक महिनामा ३६ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । एक महिनामा ३६ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा ३६ हजार ४५० जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् । 

विभागका अनुसार ३१ हजार ४३१ जना पुरुष र ५ हजार १९ जना महिलाले युरोप र खाडी मुलुकमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका हुन् । पहिलो श्रम स्वीकृृति लिएकामध्ये विभिन्न मेनपावरबाट बहराइन जानका लागि १ हजार ५४२ जानेमा रहेका छन् । बहराइन जानका सनलाइट रिक्रियुमेन्ट प्रालिबाट ४८५ जना, त्रिवेणी एचआर प्रालिबाट २०० जना, र टप जब्स प्रालिबाट ३२० जनाले पहिलो श्रम स्वीकृति लिएका छन् । 

यस्तै, साइप्रस जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ३५३ रहेको छ । त्यस्तै वैदेशिक रोजगार विभागबाट पहिलो स्वीकृति लिइ क्रोयसिया जानेहरुमा १ हजार ५८५ जना रहेका छन् । जापान जान पहिलो श्रमस्वीकृति लिनेहरुको संख्या ८३, जोर्डनका लागि २५० सय रहेको छ । जोर्डन जान पहिलो स्वीकृति लिनेहरुमा सबैभन्दा धेरै माउन्टेन ग्रुप इन्टरनेशनल प्रालिबाट २ सय जना रहेका छन् भने सबैभन्दा धेरै ९ हजार ६४३ जना साउदी अरेबिया जान पहिलो श्रम स्वीकृति लिएको तथ्याङकमा उल्लेख छ । 

विभागका अनुसार कुवेत जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ६ हजार ८६८ रहेका छन ।  कुवेत जानका लागि श्रम स्वीकृति लिएकामध्ये डिसेन्ट इम्पोइमेन्ट प्रालिबाट पाँच सय जना, एएल काउन्सिल हुम्यान रिसोर्स प्रालिबाट ३०५ जना, ओमेगा इन्टरनेशनल प्रालिबाट चार सय जना, र टप जब्स प्रालिबाट ३५५ जना रहेका छन्, भने बाँकी अन्य मेनपावर कम्पनीहरुबाट जाने भएका छन् ।  
  
त्यसैगरी ओमानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या २०१ जना, कतारका लागि ६ हजार ८९२ जना, मौरिससका लागि ५० जना, रिपब्लिक अफ सेचिलेसका लागि ६० जना रहेका छन् । त्यस्तै, रोमानिया जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या १ हजार ८५, युएइ जान पहिलो श्रम स्वीकृति लिएकाहरु १६ हजार ७५७ जना र साउदी अरेबिया जानका लागि पहिलो श्रम स्वीकृति लिएकाहरु २६ हजार ८०७ जना रहेको विभागको तथ्याङकमा उल्लेख छ । 

त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिएकाहरुमा  २४ हजार ९८ जना रहेका छन् जसमा पुरुष २१ हजार ६३० जना र महिला २ हजार ४६८ जनाले अन्तिम स्वीकृति लिएका हुन् । अन्तिम श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सिपनभएका कामदारहरुको संख्या ५३ हजार ४५७ रहेको छ, जसमा ४८ हजार ७४३ जना पुरुष र ४ हजार ७१४ जना महिला रहेका छन् । 

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा दक्ष कामदारको संख्या ८, पेशागत कामदारको संख्या ६८, अर्धदक्ष कामदारको संख्या ४ हजार ९९६ सिपयुक्त कामदारको संख्या २३ हजार ६६ र सिप नभएका कामदारहरुको संख्या २५ हजार ३१९ रहेको तथ्याङकमा उल्लेख छ । । 

प्रतिक्रिया दिनुहोस