aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सन नेपाल लाइफको साधारण सभा बैशाख ९ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ बैशाख २०७९
सन नेपाल लाइफको साधारण सभा बैशाख ९ गते हुने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । सभा हायात प्लेस रेडक्रस रोड ताहाचलमा अपरान्ह ४ बजे शुरु हुने जानकारी दिएको छ । 

सभाले कम्पनीको पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बीमा समितिले जीबन बिमा कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब पु¥याउन निर्देशन दिएसँगै सोही अनुसार पूँजी वृद्धि प्रस्ताव राखेको हो । कम्पनीले अव सोही पूँजीको आधारमा आईपीओ निष्कासन गर्नेछ । 

साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७७÷७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । संञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने४ जना र सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस