
काठमाडौं । नेपाल फाइनान्सको २९औं वार्षिक साधारण सभा शनिवार हुदैछ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे हुने जानकारी दिएको हो ।
सभाले यस कम्पनीले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना को निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते एक दिन शेयरधनीदर्ता पुस्तिका बन्द गरेको हो । यस आधारमा चैत १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस