aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेप्सेमा ग्रीन भेन्चर्सको आईपीओ सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ बैशाख २०७९
नेप्सेमा ग्रीन भेन्चर्सको आईपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आइतबार कम्पनीको ३ करोड १२ लाख ५० हजार बराबरको आईपीओ सूचीकृत भएको हो ।

कम्पनीले दोस्रो बजारमा कारोबारका लागि जीभिएल सिम्बोल पाएको छ । अब कम्पनीको शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ९१.८६ रूपैयाँदेखि अधिकतम २७५.५८ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस