aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तीन महिनामा १७ हजार बढी बीमा पोलिसी सरेन्डर, कुन कम्पनीको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ बैशाख २०७९
तीन महिनामा १७ हजार बढी बीमा पोलिसी सरेन्डर, कुन कम्पनीको कति ?

काठमाडौं । तीन महिनामा १९ जीवन बीमा कम्पनीमा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या १७ हजारभन्दा बढी नाघेको छ । बीमा समितिको तथ्याङक अनुसार चालु आर्थिक वर्षको पुस महिनादेखि फागुनमसान्तसम्म बीमितहरुले १७ हजार ६४० बीमालेख सरेन्डर गरेका हुन् ।  

समितिको तथ्याङक अनुसार तीन महिनाको अवधिमा १९ जीवन बीमा कम्पनीको २ अर्ब १४ करोड २७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ । पुस महिनामा ६६ करोड २५ लाख ३९ हजार रुपैयाँ बराबरका ६ हजार ७५८ वटा, माघ महिनामा ६१ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरका ४ हजार ९२५ र फागुन महिनामा ८६ करोड ८४ लाख ६१ हजार रुपैयाँ बराबरका ५ हजार ९५७ बीमालेख सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।

यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा राष्ट्रिय बीमा संस्थान र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका बीमालेख  रहेका छन् । तीन महिनाको अवधिमा राष्ट्रिय बीमा संस्थानको २५ करोड ४३ लाख २८ हजार रुपैयाँ बराबरको ४ हजार ८८१ बीमा पोलिसी सरेन्डर भएको छ । त्यस्तै, यसै अवधिमा नेपाल लाइफ इन्स्योरेन्स ९९ करोड १४ लाख ८० हजार रुपैयाँ बराबरको ५ हजार ८९५ बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्याङकमा उल्लेख छ । 

समितिको तथ्यांक अनुसार सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको १९ करोड १७ लाख ८६ हजार रुपैयाँको १ हजार ५८८ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १४ करोड ३३ लाख ७६ हजार रुपैयाँको ८९४ वटा,  मेट लाइफको ८ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको ८९१ वटा, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ३६ लाख रुपैयाँको १ हजार ३७१ वटा र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको ३५६ वटा बीमा पोलिसी सरेन्डर भएको हो । 

त्यसैगरी, बीमितहरुले सूर्या लाइफ इन्योरेन्सबाट ४ करोड ५६ लाख ९१ हजार रुपैयाँ बराबरको ३३६ वटा, प्राइम लाइफ इन्स्योरेन्सको २ करोड ७४ लाख ३८ हजार रुपैयाँ बराबरको ५४५ वटा, आईएमई लाइफ इन्स्योरेन्सबाट ४६ करोड ६९ हजार रुपैयाँ बराबरको ६४ वटा, युनियन लाइफ इन्स्योरेन्सबाट ४ करोड ७० लाख ५५ हजार रुपैयाँको १५२ वटा र ज्योति लाइफ इन्स्योरेन्सबाट १ करोड ३४ लाख ८९ हजार रुपैयाँ बराबरको ११० वटा बीमा पोलिसी सरेन्डर गरेको तथ्याङकमा उल्लेख छ ।  

समितिको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको  ३६ करोड ९१ हजार रुपैयाँ बराबरको ३७ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ६७ लाख रुपैयाँ बराबरको ९२ वटा, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको ६२ करोड ८३ लाख रुपैयाँ बराबरको १९० वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरको ८७ वटा पोलिसी सरेन्डर भएको छ । 

त्यसैगरी, सोही अवधिमा बीमितहरुले सानिमा लाइफ इन्स्योरेन्सबाट २ करोड ७९ लाख १६ हजार रुपैयाँ बराबरको ६८ वटा, प्रभु लाइफ इन्स्योरेन्सबाट ४ करोड ४ लाख ९० हजार रुपैयाँ बराबरको ४८ वटा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड २२ लाख रुपैयाँ बराबरको २५ वटा बीमा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस